नेता झलनाथ खनाल उम्मेदवार भएको क्षेत्र इलाम १ मा रोकिएको मतगणना सुरू


अगर बत्ती

access_time 25 Nov 2022

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार भएको क्षेत्र इलाम १ मा रोकिएको मतगणना सुरू भएको छ।  आज बिहानबाट मतगणना पुन: सुरू भएको हो। 

निर्वाचन अधिकृत राजकुमार दाहालले दुईपक्षीय सहमतिपछि गए रातिबाट समानुपातिक र बिहानबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको सेतोपाटीलाई बताए। 

अहिलेसम्मको मतपरिणाम अनुसार समाजवादीका खनाल नेकपा एमालेभन्दा १५ सय बढी मतले पछि छन्। 

खनालले ८ हजार ७८० मत ल्याएका छन् भने एमालेका बस्नेतले १० हजार २८७ मत प्राप्त गरेका छन्।



Share Your Thoughts