सम्मानजनक सिट नपाए जसपा गठबन्धनबाट बाहिरीने


अगर बत्ती

access_time 02 Oct 2022

काठमाडौँ – जनता समाजवादी पार्टीले सत्ता गठबन्धनमा चित्त बुझ्दो सिट नपाए अन्य विकल्प खोज्ने निर्णय गरेको छ।  पार्टीको शनिबार जारी केन्द्रीय कार्यकारीणी बैठकले सत्ता गठबन्धनमा सन्तोषजनक अवस्था नभएकोले अन्य राजनीतिक दलसँग चुनावी तालमेल गर्ने वा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिए।   उनले देश सञ्चारसँग भने–‘हाम्रो पहिलो प्राथमिकता सत्ता गठबन्धन हो, गठबन्धनमा सम्मानजनक र चित्त बुझ्दो स्थान नपाए अन्य दलसँग तालमेल गर्ने र त्यो पनि संभव नभए एक्लै चुनाव लड्ने निर्णय भएको छ।’  जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तिमा २० सीट दावी गरेकोमा १६ सीटमात्रे पाउने भएको छ। गठबन्धनले लगाएको भागबण्डामा जसपा असन्तुष्ट छ।



Share Your Thoughts