मलेठ घटनाको ६ वर्षपछि सप्तरी पुगे ओली


अगर बत्ती

access_time 02 Oct 2022

काठमाडौँ – सप्तरीको मलेठमा पाँचजनाको मृत्यु भएको घटनाको ६ वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरी पुगेका छन्।  शनिबार जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली सप्तरी गएका हुन्।   यसअघि २०७३ साल फागुन २३ मा एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि ओली सप्तरी गएका थिए।  मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गरेको थियो।  मोर्चाको अवरोधकाबीच एमालेले कार्यक्रम गरेको थियो। एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीचको सम्भावित झडप रोक्न खटिएको प्रहरीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको थियो।



Share Your Thoughts