असोज महिनाको तलब सुविधा सापकोटा र भुसाललाई नदिने संसद सचिवालयको तयारी


अगर बत्ती

access_time 01 Oct 2022

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाललाई औपचारिक पदीय हैसियत नदिने तयारी भएको छ।  संसद सचिवालयका अनुसार असोज १ गतेदेखि लागू हुनेगरी सापकोटा र भुसाललाई सभामुख तथा उपसभामुखको हैसियत नदिने तयारी भएको हो।   उनीहरूलाई असोज महिनाको तलब सुविधा नपठाइने सचिवालले जनाएको छ। तलब सुविधा प्रदान नगरेसँगै उनीहरूको औपचारिक पदीय हैसियत प्रदान नगरिएको पनि स्वतः स्पष्ट हुने स्रोतले बतायो।  आउँदो मंसिर ४ गते संसदको चुनाव हुँदैछ। त्यसका लागि असोज १ गते समानुपातिक तर्फको मनोनयनका लागि समय तोकिएको थियो। संसदीय व्यवस्थामा अर्को संसदको चुनावको औपचारिक प्रक्रिया सुरु भएसँगै विगतको संसदको कार्यकाल औपचारिक रूपमा सकिन्छ।  तर, सभामुख सापकोटा र उपसभामुख भुसालले अझैसम्म पनि पदीय हैसियतमा रहेजसरी काम गर्दै आएका छन्।  तलब सुविधा नपठाएर समानुपातिक तर्फको मनोनयनको अघिल्लो दिन (असोज १) गते नै उनीहरु पदमुक्त भइसकेको मान्यता दिन खोजिएको हो।



Share Your Thoughts