पूर्व आइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश


अगर बत्ती

access_time 22 Sep 2022

काठमाडौं । नेपाल प्रहरीका पूर्व  आइजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन्।

खनालले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको जनाए । ‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर छु,’ खनालले पार्टी प्रवेश गर्ने क्रममा भनेका छन्।

उनले अध्यक्ष ओलीको शीतल छहारी पाउने आशा आफूले लिएको पनि जनाए । खनाललाई सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेको थियो।

तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफूहरूको पार्टी फुटाउन ओलीकै योजनामा सांसद यादवको ‘अपहरण’ गरिएको आरोप लगाएका थिए।



Share Your Thoughts