नागरिकता विधेयकमा पुनर्विचार नगर्ने सत्ता गठबन्धनको निर्णयप्रति एमाले अध्यक्ष ओलीकाे आक्रोश


अगर बत्ती

access_time 17 Aug 2022

काठमाडौं । राष्ट्रपतिले फिर्ता पठाइदिएको नागरिकता विधेयकमा पुनर्विचार नगर्ने सत्ता गठबन्धनको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्। बुधबार एमाले प्रवेशका लागि आयोजित कार्यक्रममा उनले गठबन्धन आबद्ध दलहरुलाई ‘टाउकोमा खोपडी नभएकाहरु’ भन्दै गाली गरेका थिए।

‘गठबन्धनहरुका पार्टी होलान् नि संसद्‌मा। त्यहाँ बहस गरे हुन्छ नि। अनि बाहिर यसै फिर्ता गर्ने। निर्णय त भइसक्यो त उनीहरुको। कस्तो संसदीय अभ्यास होरु विचार विमर्श नगर्ने। सोझै पठाइदिने, जस्ताको तस्तै। कुरा राम्रा नराम्राको मतलब छैन। हाम्रो पाखुराको कुरा हो यो’, ओलीले भने, ‘यस्तालाई सरकारमा राख्नुहुन्छ नेपाली जनतालेरु टाउकामा खोपडी नभएका, पाखुरामा मसल मात्रै भएकाहरु हुन्। खोपडीहीन मसले। यस्ता मसले, तिघ्राको मात्रै भाषा बोल्ने। यस्ताहरुलाई सरकारमा राखेर देश चल्छरु यो दुर्भाग्यबाट देशलाई बचाउनुपर्छ।’

मंगलबार मात्रै सत्ता गठबन्धनको बैठकले विधेयकमा पुनर्विचार नगर्ने निर्णय गरेको थियो। ‘सरकार कस्तो छ भने, नागरिकता विधेयक राष्ट्रपतिले संसद्ले एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस्, यो धेरै गम्भीर महत्त्वको प्रश्न हो भनेर फिर्ता पठाउनुभएछ। संसद्‌मा होइन, बाहिर बसेर, राष्ट्रपतिले फिर्ता पठाउनुभएपछि मसल छामेर राष्ट्रपतिले फिर्ता पठाउनेरु जस्ताको तस्तै फिर्ता पठाइदिने भनेर हिजो निर्णय गरे’, ओलीको आक्रोश थियो।

फिर्ता गरिएको विधेयकमा संसद्‌मा छलफल हुनै बाँकी रहेको भन्दै ओलीले गठबन्धनले नै निर्णय गरिसकेपछि अब के छलफल हुन्छरु भन्दै सन्देश व्यक्त गरे। ‍‘पाखुरेहरुले पाखुराको भाषा बोलिसके हिजै। जस्ताको तस्तै फिर्ता पठाइदिने। हाम्रो बहुमतको तागत देखाइदिने। को हो राष्ट्रपति, संसद्लाई विचार गर्न भन्नेरु’, उनको प्रश्न थियो।

गठबन्धन आबद्ध दलहरुलाई ओलीले घमण्डी भएको आरोप लगाउँदै उनीहरुले देश चलाउन नसक्ने बताए। ‘यस्ता घमण्डीहरुले, तर्क छैन, तार्किकता होइन, बल, पाखुरा, मसलका कुरा गर्नेहरु। यस्ताले देश चलाउँछन्रु देशको दुर्भाग्य हो यो। यस्तो सरकार छ देशमा। दुर्भाग्य हो। यो संसदीय अभ्यास नै होइन’, उनले भने।



Share Your Thoughts