बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी


अगर बत्ती

access_time 17 Aug 2022

काठमाडाैं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन्।  बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका अध्यादेश उनले जारी गरेका हुन्। 

नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम उनले अध्यादेश जारी गरेका हुन्।   ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन्।  RSS



Share Your Thoughts