अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा पोखरेल


अगर बत्ती

access_time 17 Aug 2022

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारका रूपमा  नेपाल राष्ट्र बैंकको उपनिर्देशक समेत रहेका  डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।  

अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय बाेलाइएकाे हाे । 

 बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनकाे तलबभत्ता व्यवस्था भने  नेपाल राष्ट्र बैंकले गरिएकाे छ । 

साे भन्दाअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।



Share Your Thoughts