ताइवान समस्या शान्तिपूर्वक समाधान होस् : परराष्ट्र प्रवक्ता लम्साल


अगर बत्ती

access_time 05 Aug 2022

काठमाडाैं ।  नेपालले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्ने जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै सामाधन हुनुपर्ने पक्षमा रहेको जनाइन्। 

‘नेपाल शान्तिप्रेमी राष्ट्र हो। ताइवान समस्या शान्तिपूर्वक नै समाधान होस् भन्ने पक्षमा नेपाल छ,’ उनले भनिन्।

लम्सालले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको जनाइन्।

‘दुबै राष्ट्रले एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएका छन्। नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ,’ उनले भनिन्।

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा यस विवादबारे कुनै छलफल नहुने उनले जनाइन्।

‘यो विवाद हालैको हो। परराष्ट्र मन्त्रीको भ्रमण निकै अघि तय भएको हो। त्यहाँ यसबारे कुनै छलफल हुनेछैन,’उनले भनिन्। परराष्ट्र मन्त्री खड्का तीन दिन चीन भ्रमणका लागि साउन २४ मा चीन जाँदैछन्। 



Share Your Thoughts