कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा मन्त्री भुसालकाे जाेड


अगर बत्ती

access_time 05 Aug 2022

 काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रवार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदा मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।  कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड छ । मन्त्री भुसालले नीजि क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

  कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने उहाँले बताउनुभयो ।  विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने र देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने उहाँको भनाइ छ ।



Share Your Thoughts