सुजाता कोइराला र भातरका रक्षामन्त्री सिंहबीच भेटवार्ता


अगर बत्ती

access_time 05 Aug 2022

काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छिन् । नयाँ दिल्लीमा रहेकी नेतृ कोइरालाले आज भाजपाका शीर्ष नेतासमेत रहेका रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् ।

उनले भेटवार्तामा के कुरा भएको हो भन्ने खुलाएकी छैनन् । पछिल्लो समय नेपाली कांग्रेसका शीर्ष नेताहरुले भारतको भ्रमण गरिरहेका छन् । यसअघि नेतृ डा। आरजु देउवा राणाले पनि भाजपाका नेताहरुसँग भेटवार्ता गरेकी थिईन् । उनी उपचारको लागि दिल्लीमा रहँदा भाजपाका नेताहरुसँग भेटवार्ता भएको थियो ।


 



Share Your Thoughts