गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन


अगर बत्ती

access_time 17 Jul 2022

काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । 

बालुवाटारमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रदर्शनका क्रममा बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी गरेका छन् । 

प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेकाले बल प्रयोग गर्नु परेको जनाएको छ । अहिले नेपाल राष्ट्र बैंक रहेको बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । 

नेकपा एमालेको आर्थिक विभागको सदस्यमा रहेका  एम अधिकारी गभर्नर नै भएकाे भन्दै अहिले आलोचना भइरहेको छ । एमालेले अहिलेसम्म यस विषयमा स्पष्ट पारिसकेको छैन । 



Share Your Thoughts