नेकपा एसको पोलिट्ब्यूरो बैठक सुरु


अगर बत्ती

access_time 24 Jun 2022

काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को पोलिट्ब्यूरो बैठक सुरु भएको छ । 

काठमाडौंको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सुरु भएको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल हुने महासचिव डा. वेदुराम भुषालले जानकारी दिनुभयो । 

उहाँले बैठकमा सहभागीहरुको सल्लाह, सुझाव समावेश गरेर आगामी कार्ययोजना निर्माण गरिने जनाउनुभयो ।

नेकपा (एस)ले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न पनि यो बैठक बसेको हो ।  



Share Your Thoughts