आज बस्दै सत्ता गठबन्धनको बैठक


अगर बत्ती

access_time 22 Jun 2022

काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिनुभएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक बस्न लागेको हो । 

बैठकमा सरकारका सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुनेछ ।



Share Your Thoughts