हामीले १० वर्ष खर्चेर सिकेको पाठ, तपाईलाई दोहोराउने छुट छैन


अगर बत्ती

access_time 22 Jun 2022

 काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो सामाजिक संजालबाट रवी लामिछानेलाई शुभकामना दिँदै आफुहरुले गरेको गल्ति रवी लामिछानेलाई दोहोराउने छुट नभएको बताएका छन्। उनले ती गल्तिहरुबाट पाएको पाठको मूल्य धेरै युवाहरुको जवानीको १० वर्ष रहेको समेत बताएका छन्।  पाण्डेले ‘मैले मात्र देश बनाउन सक्छु भन्ने अहंम् त्यागेँ’ भन्ने उज्वल थापाको भनाईका कारण देश आफुले मात्र बनाउने भन्ने कुरा सबैले त्याग्न जरुरी रहेको बताए। 

उनले रवीलाई 'म' ले राजनीतिमा केहि गर्न नसक्ने र 'हामी' ले मात्र परिणाम दिन सक्ने कुरा बताएका छन्।  साथै, उनले रवीलाई राजनीति लामो दौड भएको बताउदै राजनीतिमा टिक्नुनै ठुलो कुरा बताए। 



Share Your Thoughts