घन्टाघरमा नेविसंघले राख्यो 'सेभ त्रिचन्द्र' को ब्यानर


अगर बत्ती

access_time 21 Jun 2022

काठमाडौं । नेविसंघले काठमाडौंको घन्टाघरमा आज 'सेभ त्रिचन्द्र' लेखेको ब्यानर झुन्डाएका छन् । त्रिचन्द्र क्याम्पसका भवन जीर्ण भइसक्दा पनि पुनर्निर्माण भएको छैन। 

नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न माग गरिरहेको छ।  नेविसंघ त्रिचन्द्रका नेता गोविन्द कोइरालाले त्रिचन्द्र कलेजका भवन पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम गरेर दबाब दिइएको जनाए । 

सरकारले बजेटमा त्रिचन्द्रलगायत क्याम्पस तथा विद्यालयका भवनहरू पुनर्निर्माण गरिने उल्लेख गरेको थियो।



Share Your Thoughts