पेट्रोलियम पदार्थमा लगाइएको कर पूर्ण खारेज गर्न माग


अगर बत्ती

access_time 21 Jun 2022

काठमाडाैं । अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा लगाइएको कर पूर्ण खारेज गर्न माग गरेको छ।   मंगलबार अध्यक्ष पञ्चा सिंहद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी) ले यस्तो माग अघि सारेको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको कारण देखाएर राज्यले नागरिकसँग चर्को मूल्य असुल्ने हो भने सरकार केका लागि भन्दै  सरकार नागरिकप्रतिको दायित्व र जिम्मेवारीबाट भागिरहेको आरोप समेत लगाइएको छ। 

'घाटामा गएको भनिएको आयल निगमको नेतृत्व मालदार अड्डा मानिने, निगम भित्रको नियुक्ति र रोजगारी सधैं आकर्षक हुने, पेट्रोल पम्पहरू निरन्तर नाफाको व्यवसाय बनिरहने र कर्मचारीहरू बोनस खाने तर निगम सधैं घाटामा हुने कसरी हो?' भन्दै प्रश्न गरिएको छ। 

विज्ञप्तिमा अखिल (क्रान्तिकारी) ले पेट्रोलियम खरिद-बिक्रीका सम्पूर्ण हिसाब नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न पनि माग गरिएको छ।



Share Your Thoughts