काठमाडौँ- नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले स्थानीय तहमा स्वतन्त्र रुपमा चुनाव जितेकाहरुले आफ्ना गुण पहिचान गरेर चुनाव जितेको बताएकी छन्।
उनले सोमबार नेपाल तरुण दलले कास्कीमा आयोजना गरेको कार्यक्रममा आफू कस्तो नेता भन्ने छुट्याउन नेता कार्यकर्तालाई सुझाव पनि दिइन्। उनले राजनीतिमा जे पनि फेयर हुने उल्लेख गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहले कतिमा रुटिन अफ नेपाल बन्द हायर गर्नुभयो भनी प्रश्न पनि गरेकी थिइन्।उनले आफू कस्तो नेता भन्ने छुट्याउन आग्रह गर्दै भनिन्- अरुले भनेको पछिपछि लाग्ने नेता हो कि ? विचार दिने नेता हो कि ? मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि? वाककला भएको नेता हो?’