चुनावी अभियानमा बालेनको खर्च ३ लाख ९४ हजार रुपैयाँ


अगर बत्ती

access_time 21 Jun 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय चुनावको प्रचारप्रसारलगायत अभियानमा क्रममा ३ लाख ९४ हजार खर्च भएको विवरण पेस गरेका छन्।

उनले सोमबार आफ्नो खर्चको विवरण सार्वजनिक गर्दै चुनावी अभियानमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन्।यसमध्ये मतगणनाको समयमा १ लाखभन्दा बढी रकम खर्च भएको पनि उनले उल्लेख गरेका छन्। उनले भनेका छन्- मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।




Share Your Thoughts