काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले एसपीपी सम्झौता, बढदो महङ्गी र मुल्य वृद्धिको विरुद्ध पोखराको चिप्लेढुङ्गामा प्रदर्शन गरेको छ ।
नेपाल सरकारले एमसीसी सम्झौता संसद बाट पारित गरेको तीन महिना मै अमेरिकी सेनालाई नेपाली भुमिमा प्रवेश गर्नको लागि उपयुक्त वातावरण बनाउन फेरि एसपीपी सम्झौता गर्न लागेको भन्दै नेकपाले देशको स्वाधीनताको पक्षमा देशब्यापी आन्दोलन गर्दै आईरहेको छ । यसै क्रममा नेकपा कास्कीले पार्टी केन्द्रको पुर्व निर्धारित कार्यक्रम अनुसार नै कास्कीमा प्रदर्शन गरेको विधार्थी नेता युवराज थापाले जानाकारी दिए ।
मानवअधिकार चोकबाट सुरु भएको जुलुस चिपलेढुङ्गा परिक्रमा गरि मानवअधिकार चोकमानै आएर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई जिल्ला सचिवालय सदस्य इन्द्र साउदले सञ्चालन गरेका थिए भने जिल्ला सेक्रेटरी काजी गुरुङले सम्बोधन गरेका थिए ।