२४ घण्टामा थपिए १४ जना कोरोना संक्रमित


अगर बत्ती

access_time 19 Jun 2022

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।शनिबार ११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ५९० पीसीआर तथा ९४४ एन्टिजेन परीक्षण भएको छ।



Share Your Thoughts