जनार्दनबारे प्रचण्डलाई माओवादीका अरु नेताका तीन सुझाव


अगर बत्ती

access_time 18 Jun 2022

काठमाडौँ – निरन्तर विवादमा तानिँदै आएका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन माओवादीका अरु नेताले दबाब दिएका छन्।गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आलोचित भएका अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई करका दर हेरफेर गर्न दिएपछि उनीमाथि थप प्रश्न उठेको छ।

बुधबार र बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेतलगायत नेताहरुले शर्माबारे अध्यक्ष दाहाललाई तीन बुँदे सुझाव दिएका हुन्।

शर्माको कार्यशैलीबारे माओवादी केन्द्रका अरु नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक रुपमा भेटर उनलाई पदबाट हटाउन आग्रह गरेका हुन्।स्रोतका अनुसार नेताहरुले पहिलो विकल्पका रुपमा उनलाई राजीनामा गराउन सुझाव दिएका छन्। दोस्रो विकल्पका रुपमा अध्यक्षले उनलाई हटाउनु पर्ने र तेस्रो विकल्पका रुपमा सबै मन्त्रीहरुलाई सामूहिक रुपमा फिर्ता बोलाएर सबै मन्त्रालयमा नयाँ अनुहार पठाउन भनेका छन्।

मन्त्रिपरिषद बैठकमै शर्माको आलोचना भएको थियो। अरु मन्त्रीको आलोचनापछि शर्मा राजीनामा दिन तयार भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।



Share Your Thoughts