कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने


अगर बत्ती

access_time 17 Jun 2022

काठमाडाैं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने बताएका छन् । 

केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेको बताए । 

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको दाबी गरे । 

उनले नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण तीन वटा टुक्रामा विभाजित भएको बताए ।

उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । मैले फेरि पार्टीलाई एकीकृत गर्ने, म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु ।स फलता प्राप्त हुन्छ कि हुँदैन ।’ 

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा एकता पछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरुले पार्टीलाई विभाजित गरेको बताए ।



Share Your Thoughts