गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशिघ्र सम्बोधन गर्छौंः प्रधानमन्त्री देउवा


अगर बत्ती

access_time 17 Jun 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।तपाईंहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ। यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोधन गरिने कुरामा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आह्वान गरेका थिए।‘तपाईंहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ। आउनोस् हातेमालो गरौँ, नेपाललाई हाम्रो जीवनमा एउटा सभ्य विकसित मुलुक बनाइ छाडौँ,’ प्रधानमन्त्री देउवाले भने।



Share Your Thoughts