राष्ट्रियसभा बैठक असार २ गते बस्ने


अगर बत्ती

access_time 14 Jun 2022

काठमाडौं । राष्ट्रियसभा बैठक आगामी असार २ गते बस्ने भएको छ । संसद सचिवालयले असार १ गते बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक असार २ गते बस्ने जनाएको छ । 

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय अध्यक्षज्यूले २०७९ साल असार २ गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीउ सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’’





Share Your Thoughts