भूकम्पपछि त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको नभएकाे भन्दै प्रदर्शन


अगर बत्ती

access_time 14 Jun 2022

काठमाडौं । त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।  मंगलबार विहान क्याम्पसको प्राङ्गणमा संघका कार्यकर्ताले भवन पुनर्निर्माणको माग राखी प्रदर्शन गरिएको हो । घण्टाघर साइडको भवनहरू जीर्ण रहेको बताउँदै अध्ययनरत सेरेन जोशीले भने,’भूकम्पपछि भवनको पुनर्निर्माण हुन सकेन । पानी चुहिन्छ । कति खेर भत्केर मरिन्छ जस्तो हुन लाग्यो । भवन जीर्ण बनेको छ ।’   

 पुन निर्माण प्राधिकरण,शिक्षा मन्त्रालय र पुरातत्व विभागमा जीर्ण भवनको बारेमा जानकारी गराएपनि सुनुवाइ नभएपछि विरोधमा उत्रनु परेको जोशीले बताए ।  प्लेकार्डसहित विरोधमा उत्रेका विद्यार्थीले ‘प्रधानमन्त्री ज्यू,तपाईं पढेको कलेज कहिले बन्ने, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र, इतिहासह ढल्दैछ,सरकार मौन छ’ नारा लगाएका थिए ।



Share Your Thoughts