पीडित किसानले सरकारी राहत नपाउनुमा मेराे दोषी छैन : कृषिमन्त्री


अगर बत्ती

access_time 14 Jun 2022

 काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गरेका छन् । 

कृषि मन्त्रालयको बजेट र यसबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो दाबी गरेका हुन् ।   

 ‘हामीले पीडित किसानको लागत संकलन गरेर गृह मन्त्रालय पठाएका हौं,’ मन्त्री यादवले भने, ‘वितरण हामीले गरेन भनेर आलोचना भएका छन्, तर दिने काम गृहको हो ।’  मन्त्री यादवले किसान अनुदान र उखु किसानका भुक्तानी पनि पारदर्शी बनाएको दाबी गरे ।



Share Your Thoughts