काठमाडाैं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको निर्वाचन प्रणाली असफल भएको जनाएका छन् । राप्रपा नेपाल गण्डकीले सोमवार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताबाट प्रत्यक्ष प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने जनाएका हुन् ।
यस्तै उनले दुई तहको संघीय संरचना मात्रै नेपालका लागि उपयुक्त हुने धारणा राखे । ‘प्रदेश सरकार आवश्यक छैन, यसलाई खारेज गरौँ,’ उनले भने, ‘संघीय संरचना सुधारको एजेण्डालाई बोकेर राप्रपा नेपाल अगाडि बढ्छ ।’
अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दूराष्ट्र बनाउनुपर्ने जनाए । साथै उनले नेपालमा राजसंस्थाको स्थापना सम्भव नभएको जनाए ।