एमसीसी बिरूद्व विप्लव नेकपाकाे एमसीए कार्यालय घेराउ


अगर बत्ती

access_time 13 Jun 2022

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरिएको छ ।   

एमसीसी देशको हितमा नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले नेपालमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।  विप्लवको पार्टीले एमसीसी देशको हितविरुद्ध रहेको बताउँदै आएको छ । यसभन्दा अगाडि पनि एमसीसी कार्यालय घेराउ गरिएको थियो ।



Share Your Thoughts