काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रघात गरेको जनाएका छन्।
मन्त्री शर्माले गत जेठ १४ गते राति अर्थमन्त्रालयमा असम्बन्धित व्यक्तिहरुको सहयोगमा राजस्वको दर परिवर्तन गरेको समाचार आज प्रकाशित अन्नपूर्ण पोस्टमार्फत् सार्वजनिक भएपछि भट्टराईले प्रतिनिधि सभामा आपत्ति जनाएका हुन्। उनले सोमबारको बैठकमा विशेष समय लिएर बोलेका थिए।
'बजेट निर्माणको हाम्रो एउटा प्रक्रिया छ। बजेट निर्माणको झन्डै एक महिनाअगाडिदेखि बजेट शाखामा र अर्थमन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइदैन।
माननीय सदस्यहरुलाई पनि प्रवेश दिइदैन। त्यस्तो ठाउँमा यस्ता काम हुन्छन् भने यो राष्ट्रका नाममा खाएको सपथको पनि खिलाप हो। यो जनघात मात्रै होइन, राष्ट्रघात पनि हो', भट्टराईले जनाए।
भट्टराईले अर्थमन्त्रीले संसद्मा स्पष्टीकरण दिनुपर्ने बताए। 'अर्थमन्त्रीको मात्रै सवाल होइन। प्रधानमन्त्रीको भनाइ के छ? सत्तारुढ दलका नेताहरु र सिंगो संसद्को ध्यानाकर्षण हुनुपर्छ। प्रधानमन्त्रीको पनि ध्यानाकर्षण हुनुपर्नेमा जाेड दिए ',