काठमाडौं । सांसद गंगा चौधरीले मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्स परीक्षामा फेल भइरहेको आरोप लगाएकी छन्।
देशमा डाक्टर अभाव रहेको, तर काउन्सिलले कमिसनको चक्करमा फेल गरिरहेको उनको आरोप छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, 'एउटै तहको परीक्षामा बिहान एउटा, दिउँसो अर्को र बेलुकै अर्कै खालको पेपर आउँछ।
दु:ख गरेर डाक्टर बनेकाहरु फेल हुन्छन्। ती पीडितको दु:खमा मेडिकल काउन्सिल रमाइरहेको छ।'