जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राजपा लोकतान्त्रिकबीच एकीकरण भएको छ।
आइतबार जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमबीच रितेशकुमार सिंहको नेतृत्वको राजपा लोकतान्त्रिकले जसपासँग एकीकरण गरेको हो।
मधेशको आवश्यकता अनुसार एउटा सशक्त शक्ति निर्माणका लागि जसपासँग एकता गरिएको सिंहले जनाए । कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगाययत नेता तथा कार्यकर्ता उपस्थित जनाएका थिए । साे एकीकरण कार्यक्रममा जसपा अध्यक्ष यादवले मधेसको आवश्यकता नै अहिले एकता रहेको धारणा राखे ।
उनले अन्य मधेश केन्द्रित दललाई पनि विगतको समीक्षा गरेर एकताका लागि आह्वान गरे। मधेशको मुद्दा र जनताको चाहनाअनुसार अब एकताको विकल्प नभएको जनाए।