काठमाडौं महानगरमा बालेन साह ४३ हजारभन्दा बढि मतले अगाडि


अगर बत्ती

access_time 23 May 2022

काठमाडाैं ।  काठमाडाैंको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याएका छन् । 

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाएकी छिन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत ल्याएका छन् ।



Share Your Thoughts