काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणना कार्य जारी छ । यो समाचार तयार पर्दा( दिउसो २ः४५) सम्म नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ । कांग्रेसले विभिन्न ५३ स्थानमा प्रमुख(मेयर) मा जित हासिल गरेको छ भने ५५ वटा उप्रमुखमा जित हासिल गरेको छ ।
त्यस्तै,दोस्रो स्थानमा नेकपा एमालेले ४७ प्रमुख र ४३ उपप्रमुख हात परेको छ । त्यस्तै,माओवादी केन्द्रले २६ प्रमुख र २० उपप्रमुखमा जित हासिल पारेको छ ।
जसपा नेपालले प्रमुख पदमा जित हासिल गर्न सकेको छैन भने ,उपप्रमुख २ स्थानमा जित हासिल गरेको छ । त्यस्तै,ए समाजवबादीले २ वटा प्रमुख र ६ वटा उपप्रमुखमा जित हासिल गरेको छ भने लोसपाले अझै खाता खोल्न सकेको छैन ।
अहिले मत गणा जारी छ । अहिले कांग्रेस पहिलो,एमाले दोस्रो र माओवादी केन्द्रले तेस्रो स्थानको अग्रता लिइरहेका छन् ।