कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी


अगर बत्ती

access_time 16 May 2022

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो ।   

अध्यक्ष आचार्यले दुई हजार ८ सय ६  मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यासी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँचसय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौसय ४५ मत प्राप्त गर्नुभएको छ ।   कनकासुन्दरीमा २०७४ सालमा पनि कांगेका अध्यक्ष नरविर रावत र उपाध्यक्ष उर्मिला भण्डारी बिजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकासुन्दरी गाउँपालिकामा ७०४३ मत खसेको थियो । 



Share Your Thoughts