पाल्पाको पूर्वखोलामा पुरानै जनप्रतिनिधि दोहोरिए


अगर बत्ती

access_time 16 May 2022

बुटवल- पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पूरानै जनप्रतिनिधि दोहोरिएका छन्।

गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा भागीरथी शर्मा भट्टराई विजयी भएका हुन्।यसअघि पनि एमालेको तर्फबाट यी दुवैजना अध्यक्ष र उपाध्यक्ष थिए।

अध्यक्षमा थापाले ६ हजार ३९ मत प्राप्त गरेर जितेका छन् भने उपाध्यक्षमा भट्टराईले ५ हजार ८ सय ९४ मत पाएकी छिन्।अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरीले १ हजार २ सय ५७ मत प्राप्त गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णु कुमारी आचार्यले २ हजार २ सय ५० मत प्राप्त गरिन्।

यसअघि २०७४ मा निर्वाचित हुँदा अध्यक्षमा थापाले ५ हजार ६ सय ३६ मत ल्याएका थिए भने भट्टराईले ५ हजार ५ सय ३१ मत ल्याएकी थिइन्।

उनीहरुका प्रतिस्पर्धीले भने यसपटक मतान्तर अरु घटाएका छन्।

यसअघि कांग्रेसका उम्मेदवार झमन बहादुर राजमगरले कांग्रेसबाट १ हजार ७ सय ३२ मत ल्याएका थिए भने कांग्रेसकै उपाध्यक्षकी उम्मेदवार पुष्पा गाहाले १ हजार ७ सय ४३ मत ल्याएकी थिइन्।



Share Your Thoughts