धनगढी- डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार बिजयी भएका छन्।
कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्।कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्ष पार्की र कांगेसकै जलाकुमारी विष्टलाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै पालिका अध्यक्षमा गुरुङ २ हजार २६१ मत ल्याएर विजयी भएका थिए।
त्यतिबेला माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पार्कीले २ सय ९८ मत पाएका थिए। गुरुङले जगतलाई १ सय ६३ मतले हराएका थिए।
अहिले जगतकै ‘सहोदर भाइ’ शेरले गुरुङसँग हारको बदला लिएका छन्।