दाङ – हावाहुरीले गर्दा दाङमा एउटा मतदानस्थलमा क्षति पुगेको छ। गढवा गाउँपालिका–६ स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरीसहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ। विद्यालय भवनको टिनको छानो उडाउनुका साथ टेन्ट भत्किएको छ। तर, मतपत्र र मतपेटिकामा असर नपरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसीले बताइन्। ‘विद्यालयमा क्षति पुगेको छ। तर, मतपेटिका र मतपत्र सुरक्षित छ,’ उनले भनिन्, ‘हावापानीले केही समस्या थप्यो।’ हावाहुरीले उडाएको टिनले चोट लाग्दा दुई जना मतदातालाई चोट लागेको स्थानीय मोहन पाण्डेले जानकारी दिए। मतदानको समय ४५ मिनेट थपिएको थियो।