माकेका अध्यक्ष प्रचण्डको मुद्दा संयुक्त इजलासमा फिर्ता


अगर बत्ती

access_time 13 Jan 2022

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको रिट फेरि सर्वोच्च अदालतको संयुक्त इजलासमा पठाइएको छ । नेकपा पार्टी विभाजनपछि एमाले र माओवादीमा विभक्त भएका हुन् । सो समयमा नेकपा माओवादी केन्द्रमा रहेका केही जनप्रतिनिधिहरु अर्कै दलमा लागेपछि उनीहरुलाई पार्टीले कारवाही गरेको थियो ।

पद खुस्किएपछि केही जनप्रतिनिधिहरु सर्वोच्चको ढोका ढकढकाउन पुगेका थिए । सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

सोही अन्तरिम आदेशको विरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्चमा पुग्नुभएको थियो । उहाँले आफूले गरिएको कारवाही सदर गरि पाउन सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनलाई फेरि संयुक्त इजलासमा पठाइएको हो ।प्रचण्डको मुद्दाको सुनुवाई गर्दै न्यायधीशत्रय दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले फेरि संयुक्त इजलासमा फर्काइदिएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित भइ अर्कै दलमा लागेका प्रभु साहकी श्रीमती रिनादेवी साहसहित सियाराम कुशवाह, महादेवसिंह डडाल, तेजमाया कामी, छायादेवी देवकोटालगायतलाई कारवाही गरिएपछि उनीहरु आफ्नो पद जोगाउन सर्वोच्च पुगेका थिए ।




Share Your Thoughts