जनमोर्चाले सार्‍यो प्रदेश सम्मेलन


अगर बत्ती

access_time 13 Jan 2022

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ।   

 माघ १५ र १६ गते गर्ने भनिएको सातै प्रदेशको सम्मेलन सरेको हो। राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सम्मेलन आगामी फागुन ६ र ७ गते आयोजना हुने जानकारी दिइन्।   

पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका कारण जनमोर्चाले आफ्नो प्रदेश सम्मेलन सारेको हो।    कोरोनाकै कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो प्रदेश सम्मेलन सारेको छ।



Share Your Thoughts