२८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित


अगर बत्ती

access_time 10 Jan 2022

काठमाडौं । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको हो ।

‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः ०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः ०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।



Share Your Thoughts