काठमाडौं । नेकपा एमालेका ६१ जिल्लामा जारी अधिवेशनबाट २६ जिल्ला र दुई गैरभौगोलिक क्षेत्र (जिल्ला) को नेतृत्व चयन भएको छ। छानिएका २७ मध्ये २६ सर्वसम्मत र २ निर्वाचित हुन्।
निर्वाचनबाट अध्यक्ष चयन हुनेमा कपिलवस्तुका डम्मर शर्मा र नवलपरासी ९पश्चिम०का दीपेन्द्र अधिकारी रहेका छन्।
हालसम्म प्रदेश १ का ५ जिल्ला, प्रदेश २ का १, बागमतीका ६, गण्डकीका २, लुम्बिनीका ९, कर्णालीका २, सुदूरपश्चिमका १ र गैरभौगोलिक २ जिल्लामा नेतृत्व चयन भएको छ। बाँकी जिल्लामा कहीँ सहमतिको प्रयास भइरहेको छ भने कहीँ निर्वाचनको प्रक्रिया अघि बढेको छ।
यी हुन् हालसम्म नेतृत्व टुंगिएका जिल्ला ः-
प्रदेश १
१. झापा– दीपक कार्की
२. मोरङ– ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम– जमान कन्दङवा