एमाले जोगाउने ओली र बस्नेतको बिकल्प अरु हुनै सक्दैन


अगर बत्ती

access_time 28 Nov 2021

काठमाडाैं ।  मिल्ने नाममा निल्ने निति देखिएपछि नेकपा एमाले र सुर्य चिन्ह जोगाउन सन्ध्या तिवारी भेट्वालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता गराउने अहम भुमिका केपि शर्मा ओली र महेश बस्नेतको रहेको कुरालाई नकार्न सकिन्न ।    विभिन्न बाधा अबरोधका बाबजुद प्रत्यक्ष रूपमा एमाले जोगाउने भूमिकाको अगुवाई गर्ने नेतृत्व प्रति आम नेता तथा कार्यकर्ताको चाहना बमोजिम नै नेतृत्वलाई महाधिवेशनमा पुर्ण अधिकार दिइएको हो ।   हिजो नेकपा एमाले सिध्याउने अवस्था थियो ।   त्यस्तो संकटपुर्ण अवस्थामा केपी ओलि, महेश बस्नेत र सन्ध्या तिवारी भेटवालले पार्टी र चिन्ह बचाएर लाखौं एमालेका कार्यकर्ताहरु समक्ष आजको यो दिन ल्याउन र एमाले पार्टीलाई देश जनताको प्यारो बनाउन अहम् भुमिका निर्वाह गरेका छन ।    केपि ओली अध्यक्ष र महेश बस्नेत सचिब हुनुको विकल्प छैन भन्ने महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिको पुर्ण आवाज रहेको पाइयो ।



Share Your Thoughts