आफ्ना विरोधीहरुलाई पदाधिकारीमा नल्याउने याेजनामा ओली


अगर बत्ती

access_time 28 Nov 2021

सौराह ।  केपी शर्मा ओली आफ्ना विरोधीहरुलाई कुनै पनि हालतमा पदाधिकारीमा नल्याउन प्रतिवद्ध रहेको उनका विश्वास पात्रले  जनाएका छन्। 

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत सौराहमा जारी बन्दसत्रले ओलीलाई नयाँ नेतृत्व चयनको जिम्मेवारी दिएको छ। तर प्रमुख पदमा नेताहरुको दाबीले उनलाई सकस भएको छ। 

निकट स्रोतका अनुसार ओली कुनै पनि हालतमा नेता भीम रावल र घनश्याम भुसाललाई पदाधिकारीमा ल्याउन तयार छैनन्।  १०बुँदे सहमति गरेर आएको भए पनि उनीहरुले निरन्तर आफ्नो विरोध गरेकाले ओली पदाधिकारीमा ल्याउन तयार नभएका हुन्।



Share Your Thoughts