एमालेकाे दशौं महाधिवेशनमा तीन नेतालाई पदाधिकारी बनाउनुपर्ने


अगर बत्ती

access_time 28 Nov 2021

चितवन । चितवनमा जारी एमाले दशौं महाधिवेशनको बन्दसत्र जारी छ। आजको बन्दसत्रबाट पार्टीको केन्द्रीय कमिटी चयन हुनेछ।     

आजको बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्नेछन्। यसअघि शनिबारको बन्दसत्रले नाम चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो।     

पूर्वमाओवादी समूहले तीन पदाधिकारीको दाबी गरेको छ।

आफ्नो मागसहित  टोपबहादुर रायमाझी, लेखराज भट्ट र  प्रभु साहले अध्यक्ष ओलीलाई भेट्दै छन्।    पूर्वमाओवादीका तर्फबाट उपाध्यक्षमा रामबहादुर थापा बादल, उप महासचिवमा  टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्ट हुनुपर्ने उनीहरुको माग छ।  यस विषयमा छलफल गर्न पुर्वमाओवादीहरुको  छुट्टै बैठकसमेत बसेको थियो। बादल भने सो बैठकमा सहभागी नरहेको एक नेताले बताए। 



Share Your Thoughts