राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड


अगर बत्ती

access_time 15 Oct 2021

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा परेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने बताएका छन् ।   

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बिहीवार पुगेका सभामुख सापकोटाले २ वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता संकट व्यहोर्नुपरेको चर्चा गर्दै ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गरे । 

एक प्रसंगमा नयाँ पुस्ताको उत्साह र जाँगरलाई खेर जान दिन नहुने भन्दै उनले उनीहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनुपर्नेमा जोड दिए । 

खेल मैदानसहित सुविधा सम्पन्न २ तले क्लब भवन निर्माणका लागि निर्वाचन विशेष कार्यक्रमअन्तर्गत सभामुखबाट २० लाख, बागमती प्रदेश सरकारबाट ३० लाख र गाउँपालिकाबाट ५ लाखसहित ५५ लाख रुपैयाँमा सम्पन्न भएको बताइएको छ । रासस 



Share Your Thoughts