चाडपर्वहरूले मूल्य, मान्यता र संस्कारलाई थप बलियो बनाउने



access_time 13 Oct 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँ पर्वले नेपाली समाजमा राष्ट्रिय एकताको भावनालाई थप बलियो र विकसित गर्न सहयोग पुग्ने  जनाउनुभएको छ ।

बडादशैँ पर्वको अवसरका शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली सांस्कृतिक चाडपर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्नुभएको छ ।

उहाँले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा हरेक वर्ष मनाइने महान् पर्व दशैँ सम्पूर्ण नेपाली समाजको एकताको मौलिक पहिचान भएको कुरा व्यक्त गर्नुभएको छ ।

उहाँले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको जनाउँदै बडादशैँलगायतका सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको जनाउनुभएको छ ।

उहाँले चाडपर्वहरूले नेपाली समाजका मूल्य, मान्यता र संस्कारलाई थप बलियो बनाउन मद्दत पु¥याउने जनाउनुभएको छ ।



Share Your Thoughts