काँग्रेस कार्यकर्ताको घाँटी रेटेर हत्या



access_time 12 Oct 2021

रोल्पामा नेपाली काँग्रेसका कार्यकर्ताको सोमवार राति घाँटी रेटेर हत्या भएको छ। गत साउन २३ गते सम्पन्न वडा अधिवेशनबाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा हत्या भएको अवस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए। घटनास्थलमा रोल्पा प्रहरी प्रमुखको टोलिले कार्यालयबाट डिएसपी सुवेदी नेतृत्वको प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ।  


थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाएपछि कुकुरले पहिचान गरेका आधारमा मृतकका भाइ अमराज बुढालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ। डिएसपि सुबेदीले भने, ‘तालिम प्राप्त कुकुर लामो बाटो पच्छ्याउदै मृतकको भाइको घर पुगेर अडिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौ।’

मृतककी श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएका थिए। गत साउन २३ गते सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएको नेपाली काँग्रेस रोल्पाका कार्यबाहक सभापति किशोर आचार्यले बताए।



Share Your Thoughts