पूर्व राष्ट्रपतिसँग युवाहरुको अनलाइन अन्तरक्रिया सम्पन्न



access_time 22 Sep 2021

काठमाडाैं ।  स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स’ले प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग संविधान दिवसको अवसरमा मङ्गलवार साँझ भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ। ‘संविधानले देखाएको बाटो’ विषयको अन्तरक्रियामा पूर्व राष्ट्रपतिले संविधानको संरक्षण र यसमा सामयिक सुधार गर्ने जिम्मेवारी नयाँ पुस्ताको भएको बताउनुभएको छ।

अन्तरक्रियामा उहाँले ६२(६३ को आन्दोलनलाई नेपाली जनताले आत्मसाथ गरेको पनि बताउनुभयो। ‘नेपाली जनताले यो संविधान बचोस् भन्ने कुरा चाहेका छन्।’ अन्तरक्रियामा पूर्व राष्ट्रपतिले कार्यक्रममा हालका दलहरूको भूमिका प्रति चिन्ता समेत व्यक्त गर्नुभयो। 

‘अघिल्लो सरकार संविधानको साङ्घातिक हत्याको प्रयास गरे। सरकार मात्र होइन, राष्ट्रपतिको पनि संलग्नतामा उक्त घटना भएको देखियो। तर, अदालतले संविधान बचायो।’ पूर्व राष्ट्रपतिले संविधान बनाउन नेतृत्व लिने दलहरुबाटनै संविधान मिचिएकोमा आक्रोश व्यक्त गर्नुभयो।

करिब डेढ सय वैकल्पिक राजनीतिमा सक्रिय युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै पूर्व राष्ट्रपतिले अब नयाँ पुस्ताले यो संविधानको स्वामित्व लिनुपर्ने बताउनुभयो। करिब एक दर्जन युवाहरूले पूर्व राष्ट्रपतिलाई सिधै प्रश्न सोधेका थिए। 

अन्तरक्रियामा वैकल्पिक राजनीतिका अभियन्ता रमेश पौड्यालले पनि प्रश्न गर्नुभयो, ‘ केहि व्यक्तिहरूले नागरिकका अधिकारहरू हासिल हुने आन्दोलनहरू विदेशीले गराइदिएको वा यो आयातित अजेण्डा हो, नेपाली माटो सुहाउँदो एजेण्डा होइन र नेपाली जनताले माग गरेको पनि होइन भन्ने भाष्य निर्माण गर्न खोज्दै छन्। ती विदेशी शक्ति कति सहायक हुन्, कति निर्णायक हुन् । ’



उक्त प्रश्नको जवाफमा पूर्व राष्ट्रपतिले उत्तर थियो, ‘हाम्रो देशमा लोकतान्त्रिक संस्थाहरू बलियो नभएकाले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको छ। जब रक्षक नै भक्षक हुन्छन्, त्यो बेलामा यस्ता शक्तिहरूले दिने तर्क हो यो। युवाहरूले आत्मविश्वास राखेर सकारात्मक सोचेर अघि बढ्नुपर्छ। लोकतन्त्रलाई बलियो बनाउनुपर्छ।’



ुसंविधानले देखाएको बाटोु शीर्षकमा अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ता प्रथम राष्ट्रपति डा। रामवरण यादवसँगै पत्रकार हरिबहादुर थापा, परराष्ट्रविद् डा। इन्द्र अधिकारी र राजनीतिक विश्लेषक चन्द्रकिशोर पनि हुनुहुन्थ्यो।



वक्ताहरूले संविधानको मर्म, महत्त्व र संविधानले देखाएको मार्गबारे प्रकाश पार्नुभएको थियो। स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स वैकल्पिक राजनीतिमा आस्था राख्ने युवाहरूले खडा गरेको वैचारिक मञ्च हो। झन्डै २०६३ साल पछि सुरु भएको वैकल्पिक राजनीतिको विभिन्न प्रयासहरूको समीक्षा, अध्ययन र नेपालमा वैकल्पिक(सुसंस्कृत राजनीतिबारे अनुसन्धान, बहस गर्दै यो मञ्चले सुसंस्कृत राजनीतिबारे बहसहरू चलाउँदै आएको छ।

कार्यक्रमको सहजीकरण युवा अभियन्ता सरोज गौतमले गर्नुभएको थियो।



Share Your Thoughts