विनियोजन विधेयक २०७८ माथि विचार प्रस्ताव स्वीकृत



access_time 14 Sep 2021

काठमाडौं, । प्रतिनिधिसभा संसदको मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधयेकमाथि विचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने पनि सभामुख सापकोटाले बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध जनाएको थियो ।



Share Your Thoughts